अर्जुनधारा । झापाको अर्जुनधारा- १० का मछिन्द्र पौडेलको ग्वालीमा गएराति आगलागी हुँदा करिव ९ लाखको क्षति भएको छ ।मंगलबार राति कालिझोडास्थित पौडेलको जस्ता र काठले बनेको २ तले ग्वाली घरमा अचानक आगलागी हुँदा उक्त धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट ग्वाली घर र घरभित्र रहेका चामल ५० बोरा (१५०० केजी), चोकर १० बोरा (५०० केजी), खुदी १० बोरा (५०० केजी), धान २० मन (८०० केजी), मुडा बुन्ने धागोडोरी ४० बोरा र ५ कठ्ठाको पराल जलेर नष्ट हुँदा अन्दाजी ८ लाख ८७ हजार बराबरको क्षति प्रहरीले जनाएको छ । स्थानीय, नेपाल प्रहरी, बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।