बिर्तामोड । झापाको मेचीनगरमा शनिबार साँझ भएको सवारी  दुर्घटनामा परी विनोद राउतको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएको प्रहरीले जनाएको छ ।भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकलले सडकछेउमा रोकिराखेको प्र.१–०१–००१ त ९९७७ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिएको थियो । राउतको उपचारको क्रममा बिएन्डसी अस्पतालमा साँझ ७ः४५ बजे मृत्यु भएको हो ।

मेचीनगर-१५ बिचार्नीका ३८ वर्षीय  राउतको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल गम्भीर घाइते भएका छन् । राउत र भुजेलको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो ।

ट्रयाक्टर र ट्रयाक्टर चालक मेचीनगर-१५ बस्ने ३० वर्षीय होप्ना हस्दालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।