बिर्तामोड । पत्रकार भीमा शिवाकोटीलाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ झापाकी पूर्व उपाध्यक्ष एवम् नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष शिवाकोटीकी आमा पम्फादेवी शिवाकोटीको ८२ वर्षको उमेरमा आकस्मिक निधन भएको हो ।

पम्फादेवी शिवाकोटी लामो समयदेखि दमको विरामी थिइन्  । कनकाई–५ लालपानी विहानीचोकस्थित निजी निवासमा उनको निधन भएको हो । उनका दुई छोरीहरु गोमा सिग्देल र भीमा शिवाकोटी भने चार छोरा ज्ञानेन्द्र शिवाकोटी, इन्द्र शिवाकोटी, बासुदेव शिवाकोटी र नवराज शिवाकोटी छन् ।