बिर्तामोड । झापा इलाका प्रहरी कार्यालय बिर्तामोडले ४ महिलासहित १० जना पक्राउ गरेको छ ।

गएराति १० बजेदेखि २ बजेसम्म प्रहरीले गरेको स्विप अपरेशनका क्रममा मोडिफाई गरिएका तथा ठूलो आवाज निकाल्ने ४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पक्राउ पर्नेमा बिर्तामोड–२ बस्ने मदनकुमाल लुहागुन, अर्जुनधारा–११ का बिक्रम गिरी, गोकुल शिवाकोटी, मोरङको लेटाङ–९ बस्ने सृजना कार्की, पाँचथरको रवि–१ बस्ने प्रमिस्का लिम्बू, मेचीनगर–१० बस्ने विशाल दनुवार, बिर्तामोड–३ बस्ने सुरज राजवंशी, बिर्तामोड–५ बस्ने निलम तामाङ, अर्जुनधारा ७ बस्ने प्रार्थना खड्का र कनकाई–३ बस्ने सन्तोष ओझा रहेका छन् ।
त्यसैगरी मोडिफाई गरेको तथा ठूलो आवाज पारेर कुदाइएका बा ८२ प ५७७, मे ११ प ३०१०, मे ७ प ६८८० र मे १० प १६११ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।