झापा । महोत्तरीको बैरियामा कैंची प्रहार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । औरही नगरपालिका–६ बैरियाकी २५ वर्षीया कविता चौधरीलाई कपडा काट्ने कैंची प्रहार गरी हत्या गरेको आरोपमा पति मनोजकुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । कैंचीले चौधरीको छाती, घाँटी र पिठ्यूँ लगायत शरीरको विभिन्न भागमा काटिएको अवस्थामा उपचारको लागी तत्कालै जानकी एकेडेमी हस्पिटल पर्सामा पठाइएकोमा चौधरीको उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अस्पतालको डाक्टरले महिलालाई मृत घोषणा गरेपछि धारिलो हतियार प्रहार गरी घाइते बनाउने चौधरीका पति मनोजकुमारलाई इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाको कामान्डमा खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।























































