बाहुनडाँगी । बाहुनडाँगीको मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको अध्यक्ष पदमा हरिप्रसाद उप्रेती निर्वाचित भएका छ ।
अध्यक्ष र महासचिव पदका लागि आज निर्वाचन भएको थियो । अन्तिम मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार उप्रेतीले ३४३ मत प्राप्त गर्दै बिजयी भएका हो ।
उनका प्रतिष्पर्धी टिकाराम सापकोटाले ३१८ मत पाउनु भएको थियो । उनलेको मतान्तर मात्र २५ रहेको छ ।
यसैगरी, महासचिव पदमा मञ्जिल देवान ३६४ मतका साथ बिजयी भएका छन् भने उनका प्रतिष्पर्धी शंकर लुइँटेलले २६८ मत पाएका छन् ।
निर्वाचनमा संस्थाको सदस्य रहेका हात्ती प्रभावित बाहुनडाँगीका ९५७ जना मतदाता थिए । जसमध्ये ६७७ मत खसेको थियो ।























































