झापा । इटहरीस्थित कामधेनु दुग्ध विकास संस्थाका बजार प्रतिनिधि प्रेमकुमार मिश्रको आत्महत्याको कारण बाहिरिएको छ । मृतक मिश्रले सुसाइट नोटमा दुई जनाको नाम उल्लेख गरेको पाएपछि आत्महत्याको कारण बाहिरिएको हो । मानसिक तनावका कारण आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

कर्मचारीले आत्महत्या गरेसँगै संस्थाभित्र विवाद, आरोप–प्रत्यारोप र अनियमितताको चर्चा चुलिएको छ ।  मिश्रले गत कात्तिक १७ गते आफ्नै घरमा आत्महत्या गरेका थिए । उनको मूल घर झापाको कमल गाउँपालिका हो ।