अजिनोमोटोलाई यसको रासायनिक नाम मोनो सोडियम ग्लुटामेट (Monosodium Glutamate-MSG) भनेर पनि चिनिन्छ । यसको प्रयोग मुख्यतः चिनियाँ परिकारहरूमा स्वाद बढाउने सामग्रीको रूपमा गरिन्छ। पहिले हामी घरमा बनेका खाना खान्थ्यौं । तर अहिले मानिसहरू चिप्स, पिज्जा, मोमो, अण्डा रोल, मेगी, वाई वाई, मम चाउमिन जस्ता फास्ट फूडहरू खान बढी रुचाउने भएका छन् । यसको प्रयोग विभिन्न डिब्बाबंद फास्ट फूड, सोया सस, टोम्याटो सस, संरक्षित माछा लगायतका धेरै संरक्षित खाद्य वस्तुहरूमा पनि मिश्रण गरिन्छ।

यसको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ र रगतमा ग्लुटामेटको स्तर उच्च भएको चिकित्सकले बताएका छन् । जसले शरीरमा गम्भीर असर पुर्‍याउन सक्छ। अजिनोमोटोलाई “मौन हत्यारा” पनि भनिन्छ। किनभने यसले आँखाको रेटिनालाई क्षति पुर्‍याउन सक्छ । थाइराइड र क्यान्सर जस्ता रोगहरू उत्पन्न गर्ने सम्भावना पनि हुन्छ। त्यसैले अजिनोमोटो सेवनले हामी बढी खान्छौं र छिट्टै मोटोपनसँगै अन्य गम्भीर रोगहरू पनि निम्त्याउँछ।

 नियमित रूपमा अजिनोमोटोयुक्त खाना खान थालियो भने यसले माइग्रेन (अधकपाली) पनि उत्पन्न गर्न सक्छ । जसमा आधा टाउको दुख्ने समस्या हुन्छ । अजिनोमोटोको अत्यधिक सेवनले मोटोपन बढाउँछ, किनभने यसले शरीरको लेप्टिन हर्मोनमा असर गर्छ । जुन हर्मोनले हाम्रो मस्तिष्कलाई “अब पेट भरिसक्यो” भन्ने सन्देश दिन्छ।

अजिनोमोटोलाई पहिलोपटक सन् १९०९ मा जापानी जैव-रसायनशास्त्री किकुनाए इकेडाले खोज गरेका थिए। उनीहरूले यस स्वादलाई “उमामी” भनेर नाम दिएका थिए । जसको अर्थ हुन्छ- `सुखद स्वाद´ हो । जापानी सूपहरूमा यसको प्रयोग निकै सामान्य रूपमा गरिन्छ । यो स्वादमा केही हदसम्म नुनजस्तो हुन्छ र देख्नमा साना चम्किला क्रिस्टलजस्ता हुन्छन्।

यसमा प्राकृतिक रूपमा एमिनो एसिड पाइन्छ, तर अहिले विश्वभरका धेरै कुकहरूले स्वाद बढाउन यसको प्रयोग गर्छन् । तर, अजिनोमोटोको प्रयोग असुरक्षित मानिन्छ। पहिले यो केवल चिनियाँ रसोईमा प्रयोग हुन्थ्यो, तर अहिले बिस्तारै हाम्रो घरको भान्सासम्म पनि प्रवेश गरिसकेको छ।

आजकल समय बचतका लागि हामी दुई मिनेटमै नुडल्स पकाएर खान्छौं-त्यस्ता धेरैजसो परिकारहरूमा अजिनोमोटो पाइन्छ, जसले शरीरलाई बिस्तारै हानी पुर्‍याउँछ। यो एक प्रकारको लत (नशा) जस्तै हुन्छ । एकपटक अजिनोमोटोयुक्त खाना खान थालेपछि त्यसै खाना खाने चाहना बारम्बार हुने गर्दछ ।