मेचीनगर । झापाको मेचीनगर-१३ मा संचालित मनकामना अस्पताल प्रालि अबैध रुपमा सञ्चालन रहेकाे भन्दै मेचीनगरले बन्द गर्न निर्देशन दिएको छ । अस्पताल सञ्चालनको स्वीकृति नलिइ सञ्चालन गरेको, दर्ता र नवीकरणसहित आवश्यक कागजात नभएको पाएपछि नगरपालिकाले बन्द गर्न निर्देशन गरेको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले जानकारी दिए । अबैध रुपमा सञ्चालनमा आएको रहेछ अब कानुनी प्रक्रिया पूरा नगरेसम्मका लागि त्यो अस्पतालबाट प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गर्न सूचित गरिएको हो उनले भने ।Screenshot_2025-11-09-16-45-57-846_com.android.chrome-edit
अनुगमन डट कमले `मनकामना अस्पताल अबैध रुपमा सञ्चालन´ शीर्षकमा समाचार प्रकाशनपछि नगरपालिकाको स्वास्थ्य शाखा र जनस्वास्थ्य कार्यालय झापाले गत मिति २०८२ असोज ३० गते च.न. १४४८ नम्बरको पत्रद्वारा नियम पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । 
अस्पताललाई नियमानुसार दर्ता र अस्पताल संचालन स्वीकृति सम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन गरेको निर्देशनलाई अस्पतालले अटेर गर्दै नबुझाएपछि कार्वाही गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । 
“कुनै पनि स्वास्थ्य संस्था नियमानुसार दर्ता वा नवीकरण नगरी सेवा सञ्चालन गर्नु गैरकानुनी भएको हुँदा सो प्रक्रिया पूरा नगरेसम्म अस्पतालका सम्पूर्ण सेवा बन्द गर्नू।” नगरपालिकाले कानुनी प्रक्रिया पूरा नगरेसम्म मनकामना अस्पतालको सम्पूर्ण सेवा बन्द गर्ने कात्तिक २० गते निर्णयसहितको एक पत्र जारी गरी बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा, स्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र वडा कार्यालय मेचीनगर–१३ लाई पनि पठाइएको छ।FB_IMG_1762682958752 निर्देशनसँगै मेचीनगर क्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्थालाई नियमन र मापदण्ड कार्यान्वयनमा कडाइ गरिने मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले जानकारी दिए  ।  कागजात बुझाउन निर्देशन गरिएको दिनसम्म दर्ता र नविकरणको प्रमाणपत्रसहित कार्यालयमा उपस्थित नभएकाले नेपाल सरकारले निर्दिष्ट गरेको कानुनी प्रक्रिया अघि बढाइएको मेयर बुढाथोकीले जानकारी दिए ।
मनकामना अस्पताल डाक्टर दिलिपकुमार यादवले बिगत नौ वर्षयता सञ्चालनमा ल्याएका थिए ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको उपचार सेवाका लागि सञ्चालनमा आएका अस्पतालको वार्षिक प्रतिवेदनसहित दर्ता नविकरण गरेको हुनुपर्ने व्यवस्था छ । त्यसमा पनि नेपाल सरकारको स्थानीय तह नियमावलीले स्थानीय तहमा दर्ता गरेको हुनुपर्ने व्यवस्था रहेको छ । मनकामना अस्पताल मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखामा समेत दर्ता नगरी सञ्चालनमा ल्याएको जनाएको छ ।