चन्द्रगढी। झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनले अनुज खतिवडा अध्यक्षमा निर्वाचित गरेको छ् । पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी चुडामणि मैनालीलाई ३८४ मतले पछि पार्दै  ७०६ मत ल्याएर खतिवडा अध्यक्षमा निर्वाचत भएका हुन् । वन समूहमा १ हजार ९९५ जना मतदाता रहेकोमा १ हजार ८५७ मत खसेको थियो । अन्य अध्यक्षका प्रतिष्पर्धीहरूमा राजु बरालले २९९, रमेशकुमार न्यौपानेले २५५ र पुन्यप्रसाद पोखरेलले ४७ मत ल्याएका थिए। 
त्यसैगरी, उपाध्यक्षमा श्रीमननारायण पौडेल ४७५ विजयी भएका छन् । उनका निकट प्रतिष्पर्धीमा ईश्वरीप्रसाद रिजाल (४३७) मतले पराजीत गरेका थिए । रूषा पोखरेल ३२३लाई उछिन्दै सचिवमा कमला शिवाकोटी (४९२) मतले विजयी भएकी थिइनु । त्यसैगरी, सहसचिवमा बालकुमार राई र कोषाध्यक्षमा मञ्जु खतिवडा अधिकारी निर्वाचित भएकी छन् ।
त्यस्तै, खुल्ला महिला सदस्यमा कल्पना दाहाल खतिवडा र नुतन ढकाल विजयी भएका छन् । ६ वटा क्षेत्र रहेको समूहमा क्षेत्र नं २ को संयोजक एकराज भुजेल, सहसंयोजक चित्रकला गिरी, क्षेत्र नं ३ सूर्यबहादुर अधिकारी संयोजक तथा सञ्जु चम्लागाई सहसंयोजक, क्षेत्र नं ४ रसत राजवंशी संयोजक तथा सरिता राजवंशी सहसंयोजक, क्षेत्र नं ५ तोयानाथ बास्तोला संयोजक तथा निर्मला पोखरेल र क्षेत्र नं ६ को संयोजकमा केदारबहादुर अधिकारी संयोजक तथा गीताकुमारी निरौला कोइराला सहसंयोजक र ९ नम्वर क्षेत्रमा संयोजक भीमबहादुर खवास र सहसंयोजकमा इन्दिरा शाही विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
झापाको सदरमुकाम भद्रपुर नगरपालिकाको वडा नं। ९ र १० मा अवस्थित २ हजार ३८३ घर धुरी र ४३०।५९ हेक्टरमा फैलिएको यो वन २६ वर्ष अगाडिबाट समूहको स्वामितवमा आएको चारआली निचाझोडा जंगल अन्तरगत रहेको छ ।