मेचीनगर । करेन्ट लगाएर माछा मार्दा झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ । हात्ती रोकथामको लागि लगाएको फेन्सिङ तारबाट जडान गरी पोखरीमा माछा मार्ने क्रममा मेचीनगर वडा न.४ बाहुनडाँगी बस्ने ५५ वर्षीय विकास प्रधानको  मृत्यु भएको हो । माछा मार्ने क्रममा आफ्नै माछा पोखरीमा उनलाई अचानक करेन्ट लागेको थियो । घाइते प्रधानलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा अस्पताल पुर्‍याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

साथै पोखरी छेउमा बाँधिएको गाईसमेत करेन्ट लागेर मरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिटाबाट टोली खटिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।