मेचीनगर । झापाको धुलाबारीमा आयोजित कार्यक्रममा राज्यका अंगहरुलाई व्यवस्थित बनाउन खवरदारी गर्नेदेखि समाजका विकृति विसंगतिको विरुद्धमा सधैं आवाज बुलन्द गर्ने कार्यमा सञ्चार क्षेत्र कृयाशिल हुनुपर्नेमा जोड दिइएको छ ।
मेचीनगर–७ स्थित ईटाभट्टाबाट प्रकासित हुदै आएको बोर्डरल्याण्ड दैनिक पत्रिकाको पहिलो बार्षिक उत्सवको उदघाटन् गर्दै प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गलत गतिविधिलाई चिरफार गर्न बोर्डरल्याण्ड दैनिकको निरन्तरता हुन आवश्यक भएको बताएका थिए ।
जेनजी आन्दोलनपछि समाज त्रसीत अवस्थामा रहेको बताउँदै नगर प्रमुख बुढाथोकीले गलतलाई यस मानेमा गलत हो भनेर समाचारमै उल्लेख गर्न समेत सञ्चारकर्मीलाई आग्रह गरेका थिए । उनले मेचीनगरलाई कानूनी रुपमै व्यवस्थित गरेर लैजाने जानकारी दिए ।
असोज २३ र २४ गतेको जेनजी आन्दोलनमा जे जे भए त्यस घटनाबाट समाज त्रासको अवस्थाबाट ग्रुजिरहेको समेत बताए ।
पत्रिकालाई शुभकामना दिँदै बुढाथोकीले प्रविधिको जमानामा छापा पत्रिका टिक्न चुनौतिपूर्ण रहेकोले सबै मिलेर टिकाउने पक्षमा लाग्नु पर्नेमा जोड दिए । उनले गलत गरे सुझाव दिन र राम्रो काम गरेको छ भने सञ्चार क्षेत्रले पनि प्रोत्हसान गर्नुपर्नेमा जोड दिएका थिए ।
खवरदारी गर्दा नकारात्मक कुरालाई जोड दिने काम नगर्न पत्रकारलाई आग्रह गरेका थिए ।
कार्यक्रमको विशिष्ठ अथिति नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले मेचीनगरमा एक सञ्चालन भएको मात्रै पत्रिका भएकाले बोर्डरल्याण्ड दैनिकलाई सबै सञ्चारकर्मीको साथ रहेको उल्लेख गरेकी थिइन् ।
कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, जनता समाजवादी पार्टीका नगर अध्यक्ष धनबहादुर राईले पत्रकार व्यवसायिक बन्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, पत्रकारहरु ज्ञानेन्द्र निरौला, राजेन्द्र गौतम, पर्वत पोर्तेलले पत्रकारहरुले पत्रकारिताको नियम नछाडी व्यवसायिक बनेर सत्ता पक्षलाई खवरदारी गरिरहनु पर्नेमा जोड दिएका थिए ।
शरीरिक रुपमा फरक क्षमता भएपनि बिर्तामोड क्षेत्रका उत्कृष्ट वितरण गर्दै आएका कुमार श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो ।
बोर्डरल्याण्ड सञ्चार प्रकाशन समूहका अध्यक्ष भीम कुँवरको अध्यक्षतामा सम्पन्न प्रथम बार्षिकोत्वमा कमल गौतमले स्वागत, प्रधान सम्पादक झुलन रेग्मीले कार्यक्रमको प्रकाश र प्रकाश उप्रेतीले सञ्चालन गरेका थिए ।



















































