बिर्तामोड । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको एक थान हतियार र त्यसको गोली भेटिएको छ । बुधबार बिर्तामोड-६ स्थित सुगम शान्ति टोलको तोरीवारीनजिक रहेको सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा हतियार र गोली भेटिएको हो ।
०३११००८७२ न. को इन्सास हतियार थान–१, त्यसको म्याग्जिन थान–१, त्यसको राउण्ड १९ सावुत र २ राउण्ड बेसावुत गोली फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हतियार भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोडबाटै लुटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । उक्त हतियार बरामद गरि इप्रका बिर्तामोडमा ल्याइ राखिएको छ । इप्रका दमक र बिर्तामोडबाट लुटिएका अझै २२ थान हतियार भेटिन बाँकी रहेको डीएसपी खड्काले जानकारी दिएका छन् ।



















































