मेचीनगर । झापा मेचीनगरका समाजसेबी राजन चिमरियाले जन्मदिनको अवसरमा मेचीनगर नगरपालिकामा “मर्छुरी गृह” (सव चिस्यान गृह) बनाइदिने घोषणा गरेका छ्न् । कार्तिक १६ गते आइतबार ५२ वर्ष प्रवेश गरेका चिमरियाले मेचीनगरका नागरिक बितेपछी छिमेकी नगरको अस्पतालमा सव राख्नुपर्ने बाध्यताको अन्त्य गर्न आफ्नै नगरमा “मर्छुरी गृह” बनाइदिने घोषणा गरेका हुन् ।FB_IMG_1762140160669
उक्त “मर्छुरी गृह” बनाउन आठ लाख रुपैयाँ सहयोग गर्ने चिमरियाले जानकारी दिए ।
चिमरियाले भने,-`आफ्नो अभिभावक होस् या सदस्य, जसको स्वास्थ्यमा समस्या आउँछ उसको उपचार गर्न टाढा पुर्याउनुपर्छ । प्रायः सबैका परिवारका सदस्य रोजगारीको खोजीमा बिदेश पुगेका छन् । उपचारका क्रममा बितिसकेपछि पनि सदस्यको शव उतैको अस्पतालमा महङ्गो शुल्क बुझाएर राख्ने गरेका छन् । कमजोर आर्थिक अवस्थाकाले आफन्तको शव बुझ्न चन्दा उठाउनुपर्ने बाध्यता छ । एकातिर उपचार खर्चको जोहो गर्न हारगुहार गर्नुपर्ने अर्कातिर शव बुझ्न चन्दा उठाउनुपर्ने बाध्यताको अन्त्य गर्न मेचीनगरमै “मर्छुरी गृह” बनाइदिने घोषणा गरेको हुँ ।´Screenshot_2025-11-03-08-34-20-395_com.android.chrome-edit
सहिद परिवारलाई गाई वितरण:
त्यसका लागि मेचीनगरका मेयर गोपाल बुढाथोकीसँग पनि आइतबार नै कुरा भएको छ । नगरपालिकाले उक्त गृह बनाउन जग्गा उपलब्ध गरेपछि आफुले बनाउने खर्च जुटाइदिने भएको उनले बताए ।
चिमरियाले प्रत्येक वर्ष आफ्नो जन्म र बैवाहिक वर्षदिनको अवसरमा दिन दुखीलाई आर्थिक तथा परोपकारी सहयोगदेखि  उपचार, बिपन्नका बालबालिकाको पठनपाठनको सारथी बन्दै आएका छन् ।
त्यतिमात्रै होइन उनले अशक्त अपांगलाई जीवन आर्जन सहयोग, बिपद्को बेला बिपन्नको घरको उडाएको छानामा टिनको जस्ता पाता ब्यवस्थापन, सहिद परिवार र कृषकलाई नि:शुल्क लहिनो गाई बितरण, आर्थिक र जिन्सी सहयोग, कृषकलाई कृषि सामग्री कुटो कोदालो बितरण, बिपन्न मजदुरलाई झुलसहित आर्थिक सहयोग प्रदान गर्दै आएका छन् ।Screenshot_2025-11-03-08-34-45-445_com.android.chrome-edit
अभिभावकबिहिनलाई शिक्षाका लागि कोषमा रकम बितरण:
त्यस्तै सुत्केरीलाई पोषण बितरण, अभिभावकबिहिन बिपन्न परिवारका ससाना बालबालिकाको शिक्षाका लागि कोषमा रकम जम्मादेखि, कलमजीबी पत्रकारलाई प्रोत्साहन पुरस्कार बितरण, दुःखी, गरीवी र असहायको आँगनमा पुगेर सहयोग पुर्याउँदै आएका राजन चिमरियाले रकम अभावले धारा जोड्न नसक्ने परिवारलाई खानेपानीको धारा जडान गर्न ५० प्रतिशत रकम उपलब्ध गराउँदै आएका छन् ।
२०३१ साल कार्तिक १६ गते शुक्रबारका दिन आमा भगिरथा र बुवा घनश्याम चिमरियाको जेठो सुपुत्रको रुपमा जन्म भएको थियोे । उनी झापाको मेचीनगर-१२ स्थित धाइजनको रितिका डेरि उद्योगका सञ्चालक हुन् ।Screenshot_2025-11-03-09-17-06-132_com.android.chrome-editकृषकलाई कोदालो र मजदुरलाई झुल बितरण:
कनकाईका प्रजापति र देवीका मैनालीको एक मात्रै छोरी गौरासँग २०६१ साल बैशाख २७ गते वैवाहिक बन्धनमा बाँधिएका थिए । आफ्नै रीतिका डेरी उद्योगबाट दुई वटा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजामा दैनिक नि:शुल्क दूध  खुवाउँदै आएका समाजसेवी चिमरियाले पछिल्लो समयमा समाजमा उदाहरणीय रुपमा समाजसेवा गर्दै आएका छन् । 
उद्योगबाट आर्जन गरेको रकममध्ये जन्म र बैवाहिक दिनको अवसरमा मानवीय सेवा, समाजमा योगदान पुर्याउँदै आएका छन् ।Screenshot_2025-11-03-09-14-49-089_com.android.chrome-editचिया बगानका मजदुरलाई झुल बितरण गर्दै:
चिमरिया माओवादी केन्द्र मेचीनगरका अध्यक्ष, चारआली शहरी खानेपानी उपभोक्ता समितिको अध्यक्ष, डेरि उद्योग एशोसिएसनका उपाध्यक्षसहित विभिन्न दर्जनबढी संस्थाको नेतृत्व गर्दै आएका छन् ।