मेचीनगर । जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेशले मेचीनगर-१० स्थित पासाङ ल्हामुमा आगामी कात्तिक २८ गतेदेखि सातदिने चक्र विज्ञान कार्यक्रम आयोजना गर्ने भएको छ ।

शारीरिक, मानसिक, भावनात्मक र अध्यात्मिक स्वस्थ्य आर्जन गर्न अध्यात्मिक साधना गर्न चक्र विधि कार्यक्रमको आयोजनाको तयारी

गरिएको जीवन विज्ञान कोशी प्रदेश परिषद् संयोजक केदारमान कार्कीले जानकारी दिए । देशमा बढेको घटनाक्रमले मानव शरीरको अन्तरनिहीत ज्ञानेन्द्रीय वा चक्रहरूको सिथिलिकरण भएकाले स्वास्थ्यमा आइपर्ने समस्या सामाधान तथा सुसुप्त अवस्थामा रहेको उर्जालाई जगाउने उद्देश्यले चक्र विज्ञान कार्यक्रमको आयोजना गरिएको मेचीनगरका कार्यक्रम संयोजक तथा प्रदेश सल्लाहकार लक्ष्मण न्यौपानेले जानकारी दिए । चक्र विज्ञान कार्यक्रममा तीन सय जनाको सहभागिता रहने मेचीनगरका संयोजक सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार सहभागीहरूलाई दैनिक विहान चियाखाजा, दीवाकालिन भोजन र खाजासहितको सुविधाको व्यवस्था गरिएको नगर सहसंयोजक भट्टराईले जानकारी दिए ।