भद्रपुर । झापाकाे गौरीगंजस्थित खजुरगाछी बजारमा भीषण आगलागी हुँदा लाखौंको क्षति भएको छ । गएराति १० बजे गौरीगंज गाउँपालिका-६ खजुरगाछी बजार बस्ने चन्द्र नायकको होलसेल किराना पसलबाट विद्युत सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट नायकको पसलसंगै घर र नजिकै रहेको राजेन्द्र ढकालको इटाको गारो र टिनको छाना भएको २ तले आठकोठे घर तथा रेखा ढकालको घरमा आगजनी भएको छ ।त्रिभुवन आदर्श पुस्तकालयमा पनि आगलागीबाट हुँदा लाखौं मूल्यको क्षति भएको प्रहरीको अनुमान छ । क्षतिको पुर्ण विवारण भने आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ । स्थानीयबासी, प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डको २५ जनाको टोली र प्रस्तावित सीमा सुरक्षा गुल्म फत्तेपुरको सशस्त्र प्रहरीको कमाण्डको १८ जनाको टोली तथा गौरादह, शिवसतासी र कमल गाउँ पालिकाको दमकको सहायताले राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो ।



















































