चारआली । झापाको मेचीनगर–१४ स्थित हातेमालो सामदायिक बन उपभोक्ता समुह अन्तरगत निचाझोडा पर्या-पर्यटन क्षेत्र नजिक  कारमा शंकास्पद रुपमा आगजनी भएको छ । चारआलीबाट चन्द्रगढी जाने बाटोबाट करिब  २०० मिटरभित्र बिहीबार विहान कार जलिरहेको देखेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए ।

जलेको कारण कारको नम्बर प्लेट यकिन हुन सकेको छैन । स्थानीयबासीले एउटा कारलाई बलपूर्वक जंगलतिर लैजाँदै गरेको देखेको र त्यसको केहीबेरमा आगो लागेको हुँदा चालकले नै कारमा आगो लगाएको हुनसक्ने बताएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै अहिले नै के भएको भनेर भन्न नसकिने जानकारी दिएको छ । खबर पाएसँगै चारआली प्रहरी चौकीबाट प्रहरीको टोली र दमकल घटनास्थलमा पुगेका थिए । कारका चालक भागेकाे प्रहरीले जनाएको छ ।सवारीको कागजपत्रसमेत जलेकाले पुष्टि केही समयमा पुष्टि हुने इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।