चन्द्रगढी । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई भारी मतान्तरले पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले झापा चन्द्रगढी खानेपानीको चुनावमा वर्चस्व कायम गरेको छ । चन्द्रगढी दोश्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १२ औं साधारणसभा तथा निर्वाचनबाट नौ जनाको कार्यसमितिमध्ये मुल समितिमा चारजना र चार जना सदस्यमा दुई जना सदस्य निर्वाचित गर्दै वर्चस्व कायम गरेको हो ।Screenshot_2025-10-29-20-30-46-175_com.facebook.katana-edit
सहमतिबाट नेतृत्व गर्न नचाहने एमाले र कांग्रेसको (बिरासत) गठबन्धन हठलाई (साझा उम्मेद्धार) को रुपमा एक्लै उठेको राष्ट्रिय स्वतन्त्र पार्टीले जीत हासिल गरेको हो । ८ सय ९४ सदस्य उपभोक्ताले एमाले र कांग्रेसकाे गठबन्धन नेतृत्व माथि बिश्वास नगर्नु र नयाँ पुस्तामाथि आशाबादी हुनुले पनि  रास्वपाले अध्यक्षसहित कार्यसमितिको पदाधिकारीमा बहुमतले जीत हासिल गर्न सफल भएको हो । रास्वापाले अध्यक्ष, उपाध्यक्ष, सहसचिव, कोषध्यक्ष र दुई सदस्यीय कार्यसमितिमा जीत गर्दै आगामी वर्षका लागि समितिको  नेतृत्व हात पारेको हो ।IMG-20251029-WA0006
आफ्नो प्रत्यासी गठबन्धनका उम्मेद्धार बद्रीप्रसाद उप्रेतीलाई १९७ मतान्तरले पराजीत गर्दै रास्वपाका जगतप्रसाद तिवारी अध्यक्षमा बिजयी बनेका छन् । त्यसैगरी उपाध्यक्षमा गठबन्धनका चिरञ्जिवी भट्टराईलाई १२६ मतान्तरले हराउँदै रास्वपाका घनश्याम अधिकारी विजयी बनेका हुन् ।
सचिवमा रास्वापाका उम्मेद्धार खेमकुमार लुइँटेललाई पराजीत गर्दै गठबन्धनका सन्तोषकुमार खड्का विजयी बनेका छन् । गठबन्धनबाट पदाधिकारीमा एक्लो सचिवको रुपमा बिजयी भएका हुन् । सहसचिवमा रास्वपाका विमला पौडेल दाहालले ४१३ मत ल्याएर विजयी बनेकी थिइन् । दाहालको प्रतिद्धन्दीमा बालानन्द न्यौपानेलाई पराजीत गरेकी थिइन् । त्यसैगरी गठबन्धनकी खेमकुमारी अधिकारीलाई पराजीत गर्दै रास्वपाकी कल्पना पौडेलले विजयी हासिल गरेकी छिन् ।
सदस्यहरुमा रास्वपाका उम्मेद्धारी दिएका भीमप्रसाद निरौला र टेकबहादुर रोक्का विजयी भएका छन् भने गठबन्धनबाट निरा भूजेल र सुरेश घिमिरे विजयी बनेकी थिइन् । ८ सय ९४ सदस्यीय मतदाता संख्या रहेको समितिको निर्वाचनमा ७ सय ८९ मत झरेको निर्वाचन समितिले जनाएको छ ।