दमक । झापा दमक नपा-२ पाङ्गिनी चोकस्थित भित्री सडक खण्डमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । 

दमकबाट मोरङ टाडीतर्फ जादै गरेको बा २ ख १९८३ नम्बरको बस आँफै अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो ।

३५ जना सवार बस दुर्घटनापछि घाइतेको आम्दा अस्पतालमा उपचारका लागि पुर्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेको बिवरण यस्तो छ :

१. जि. मोरङ मिक्लाजुङ गा.पा.३ बस्ने बर्ष ३६ को भिम बहादुर मगर उपचारको क्रममा ऐ.१२ गते ००:२८ बजे डक्टरले मृत घोषणा गरेको लास तत्काल सोही अस्पतालमा रहेको ।

२. ऐ.ऐ.बस्ने बर्ष ४१ कि सिता मगर- बहिरि चोट नदेखिएको, अबस्था सामान्य । ३. निजकै छोरा बर्ष १३ को योगेश मगर- छातीमा चोट, अबस्था सामान्य । ४.ऐ.ऐ. बस्ने गोबिन्द श्रेष्ठको छोरा बर्ष १४  को विपिन श्रेष्ठ- अनुहारमा चोट अबस्था सामान्य । ५. ऐ.ऐ. बस्ने बर्ष १७ कि सपना श्रेष्ठ- पेटमा चोट अबस्था सामान्य । ६. ऐ.ऐ. बस्ने  बर्ष ३२ कि नन्दमाया मगर- ढाडमा चोट अबस्था सामान्य । ७. ऐ.ऐ. बस्ने बर्ष १८ को आशिन लिम्बु- टाउकोमा चोट अबस्था सामान्य । ८. ऐ.ऐ. बस्ने  बर्ष ५५ कि राम कुमारी मगर- छातीमा चोट अबस्था सामान्य ।

९. ऐ.ऐ. बस्ने बर्ष ४५ कि सिता मगर- छाती र पेटमा चोट अबस्था सामान्य ।१०. ऐ.ऐ. बस्ने सुरेश दर्जीको छोरी बर्ष १४ कि रोनिशा दर्जी- छातीमा चोट आतिएर बेहोस भएकी अबस्था सामान्य । ११. ऐ.ऐ. बस्ने बर्ष ५७ को टंक बहादुर गुरुङ टाउकोमा चोट अबस्था सामान्य । १२. ऐ.ऐ. बस्ने डम्बर श्रेष्ठको छोरा  बर्ष ९ को साजन श्रेष्ठ- बाँया हातमा चोट अबस्था सामान्य ।१३.ऐ.ऐ. बस्ने बर्ष २८ कि बिष्णु कुमारी लिम्बु बाँया हातमा चोट अबस्था सामान्य । १४. ऐ.ऐ. बस्ने कृष्ण भुजेलको छोरा बर्ष १५ को निकेश भुजेल, दाहिने खुट्टामा चो अबस्था सामान्य ।

१५. ऐ.ऐ. बस्ने निर्मल राईको छोरा बर्ष १४ को शिसिर राई, दाहिने हात र टउकोमा चोट अबस्था सामान्य ।१६. ऐ.ऐ. बस्ने बर्ष ४७ को प्रेम रसाईली, दाहिने हातमा चोट अबस्था सामान्य । १७. निजकै श्रीमती बर्ष ४५ कि  रुपा रसाईली, ढाडमा चोट अबस्था सामान्य । १८. निजकै छोरा बर्ष ८ को सन्दिप रसाईली, बाँया हातमा चोट अबस्था सामान्य ।

१९. ऐ. ६ बस्ने भवानी श्रेष्ठको छोरा बर्ष १६ को राजन श्रेष्ठ, टाउकोमा चोट अबस्था सामान्य । २०. ऐ.ऐ. बस्ने फुलमाया जोगीको छोरी बर्ष १५ कि एन्जिला जोगी-पेटमा चोट अबस्था सामान्य । २१. ऐ.ऐ. बस्ने बर्ष २२ कि पुनम मगर, बाँया हातमा चोट अबस्था सामान्य ।

२२. ऐ.ऐ. बस्ने बर्ष १९ कि अनुसा मगर- बाँया हातमा चोट अबस्था सामान्य थप अपडेट २१ जना घाइते मध्ये २० जना

२०८२-७-१२ गते विहानको ६:३० बजे डिस्चार्ज भएको १ जना ऐ.ऐ. बस्ने बर्ष १७ कि सपना श्रेष्ठ- पेटमा चोट अबस्था सामान्य डिस्चार्ज हुन बाकी ।