मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगर कमिटीले मेचीनगरमा अस्थायी कर्मचारीहरुको बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
झापाको मेचीनगर-१३ चारआलीमा आयोजित पार्टीको भेलाले प्रेस बिज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेको हो ।Screenshot_2025-10-28-13-05-38-561_com.frontrow.vlog-edit
कार्तिक १ देखि लागू हुने गरी करिब १३८ जना कर्मचारीहरुको करार समझौता रद्द तथा हाजिर नगराउने भनि गरेको बिषय र उक्त कारण सबै वडा कार्यालय तथा मेचीनगर नगरपालिकाको सेवा प्रवाह अवरुद्ध भएकोले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेचीनगर कमिटिको गम्भिर ध्यानाकर्षण भएको पार्टीले सार्वजनिक गरेको हो।
मेचीनगरले आफुलाई चाहिने कर्मचारीहरुको बिषयमा यकिन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठन संरचना तयार गरेको छ कि छैन ? छ भने किन आवश्यक कर्मचारी लोकसेवाबाट पुर्ति गर्न सकेन भन्ने प्रश्न गरेको नेकपा माओवादी केन्द्र नगर अध्यक्ष राजन चिमरिया र सचिव कृष्ण सिटौला कौशलद्वारा जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
कानुन बमोजिम पनि स्थानिय तहमा अवछिन्न रुपमा करार र अस्थायी रुपमा कार्यरत कर्मचारीले पहिलोपटक भएको स्थानिय तहको विज्ञापन प्रतिस्पर्धामा सामेल हुन उमेरको हद नलाग्ने व्यवस्था गरेकोमा मेचीनगरले लोकसेवा आयोगमा पद माग गरी कार्यरत कर्मचारीहरुलाई किन प्रतिस्पर्धामा सामेल गराउन सकेन, प्रश्न गरेको छ । Screenshot_2025-10-28-12-28-08-336_com.cv.docscanner-edit
Screenshot_2025-10-28-12-28-16-761_com.cv.docscanner-editदशौं बर्ष आफ्‌नो उर्जाशिल समय नगरपालिकाको सेवामा खर्चेका सयौं कर्मचारीहरुलाई हठात तथा अपमानित ढंगबाट रित्तोहात सेवाबाट निष्काशन गर्ने कार्यलाई कदापि न्यायोचित मान्न नसकिने नेकपा माओवादी केन्द्र नगर अध्यक्ष राजन चिमरियाद्वारा जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
स्पष्ट कानुनी व्यवस्था हुदाँहुदै पनि यस्तो परिस्थितिको सृजना कसरी भयो ? यसको वास्तवीक कारण के हो ? नगरपालिकाले सत्यतथ्य बिबरण सार्बजनिक गर्न बान्छनिय ठानेका छौं ।
अतः सरकारको परिपत्र, नगरको रायसुझाव भनी संघीय कानुन स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा ८३ र ८७ तथा संघीय सरकारले गरेको परिपत्र (संगठन संरचना सुधार (ज) स्विकृत दरबन्दी बाहेक) समेतको बिपरित रहेकोले नगरपालिकाले अविलम्ब आफुलाई चाहिने कर्मचारी कानुन बमोजिम लोकसेवा आयोगमा माग गरी बिगत लामो समयदेखि अवछिन्न रुपमा कार्यरत अस्थायी, ज्यालादारी र करार सेवाका कर्मचारीलाई समेत प्रतिस्पर्धामा भाग लिन पाउने कानुनी व्यवस्थाको सुनिश्चिता गरी स्थायी पदपुर्ति  नआउन्जेल सम्मका लागि निष्काशित कर्मचारीहरुको पुर्नबहालिको लागि जोडदार माग गरेको माओवादी केन्द्र मेचीनगरका सचिब कृष्ण सिटौला कौशलद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
नेपालको परिवर्तित राजनीतिक घटनाकम अनुसार गठित सरकारले शुरु गरेको शुसासन र राजनीतिक स्थायीत्वका लागि गरिएका सतर्कमका निर्णयहरुलाई आफ्नो पार्टीले स्वीकार गरेको समेत जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।