सुरुङ्गा । शिवसताक्षी नगरपालिका–१० माईधारस्थित पूर्व–पश्चिम राजमार्गमा रात्रिकालिन बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । 

रामेछापको मन्थलीबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस माईधार चोक नजिक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल बायाँतर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बसमा सवार २५ मध्ये १९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको र सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। बाँकी ६ जना यात्रुहरू भने सामान्य अवस्थामा रहेर आफ्नै गन्तव्यतर्फ गएका छन्।