सुरुड्गा । झापाको शिवसताक्षी नगरपालिका ७ मा विषालु सर्पको टोकाइबाट एकजना बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानी बस्ने मनकुमार तामाङका ५ वर्षीय छोरा सक्षम तामाङ रहेका छन् । 
शुक्रबार दिउँसो घर छेवमै रहेको रुख र बाँसको फेदमा खेल्ने क्रममा सक्षम वेहोस भएर लडेका थिए । छोरो वेहोस भएर लडेको पाएपछि उनका बुवा र छिमेकीले वरपर हेर्दा गोवन सर्प निस्किएको थियो । बालकलाई खुट्टामा चोट लागेको देखेपछि उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याइएको थियो । साँझमा नेपाली सेनाको सर्पदंश केन्द्र चारआलीतर्फ लाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिवगंजले जनाएको छ ।