झापा । नेपालीहरुको चाडपर्व क्रमश: सकिएसँगै सुर्यको आरधना गरी मनाइने छठ पर्व सुरु भएको छ । आजदेखि तराई मधेशसहित देशभरका नदी खोला, तलाउ, पोखरी सरसफाइ गरी छठको तयारी सुरु गरिएको छ ।झापाका जलाशय नदीमा छठ पर्वको तयारी 

झापाको मेची नदी, निन्दा, हडिया, फुलवासा, आदुवा, बिरिङ, कमल, कन्काई, रतुवा नदीमा छठ पर्वको तयारी धमाधम भइरहेको छ । छठ पर्वको उपसना बसी बिधिवत रुपमा सुर्य अस्त र भोलिपल्ट सुर्य उदयलाई अर्ग्य दिएर छठ पर्व मनाइने गरिदैआएको छ ।

सूर्य भगवान तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेका छन् । खोलानाला र पोखरीहरुमा पनि छठ पर्वको लागि घाटहरु निर्माण शुरु गरिएको छ ।