इलाम । देउसी खेल्दा लडेका इलाम–९ भगवती टोलका ५३ वर्षीय चन्दबहादुर बिष्टको मृत्यु भएको छ । बिहीबार दिउँसो बिष्टसहित स्थानीय शेरबहादुर लावतीको घरमा देउसी खेल्न पुगेका थिए । देउसी खेल्ने क्रममा एक्कासी लडेका विष्टलाई साथीहरुले जिल्ला अस्पताल इलाम पुर्याएका थिए । उच्च रक्तचापका कारण साँझ ७ः२१ बजे डाक्टरले मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी गोलाखर्कको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।




















































