मेचीनगर । बत्ती टाँङ्ने क्रममा छतबाट लडेर झापा मेचीनगर-१४  मा ४० वर्षीय विरबहादुर भुजेलको मृत्यु भएको छ । आफ्नै एक तले घरको छतबाट आचानक लडेर घाइते भएका भुजेललाई बिएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमकाको लागि प्रादेशिक अस्पताल भद्रपुर झापा पठाएको  छ ।