काँकरभिट्टा । झापा मेचीनगर-६ फाईरिङ चोकमा हात्तीको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् ।
आज बिहान फुल टिप्ने क्रममा ७४ वर्षकी उसिला राईलाई हात्तीले आक्रमण गरेको थियो । आफ्नै घर अगाडि फुल टिप्ने हात्ती आक्रमणमा परी घाइते भएकी राईलाई उपचारका लागि  प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको र थप उपचारको लागि लाइफलाइन अस्पताल दमक रिफर जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।