गाैरादह । झापाको गाैरादह-९ बैगुन्धुरा माझी गाउँमा खोलामा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ । झाेडा टाेल झाेलुङ्गे पुल नजिकै किस्नी खोलामा माछा मार्ने क्रममा अन्जु मगरका दुई छाेरीहरु ७ बर्षीया शुस्मा मगर, ९ बर्षीया स्वीकृति मगर तथा दमक निवासी राेमन भाेले र निर्मला परियारकी ११ बर्षीया छोरी राेश्नी दर्जीको पानीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ।
बुबाको मृत्युपछि आमासंगै मामल बस्तै आएका स्थानीय गणेशबहादुर मगरका २ नातिनी तथा अर्की बालिका रोशन पनि बैगुन्धुरा मामलनै गएका बेला घटना भएको वडाध्यक्ष उपेन्द्र निरौलाले बताए ।




















































