चारआली । करणी आरोपमा पक्राउ परेका झापा मेचीनगर-१३ चारआलीस्थित मनकामना अस्पताल प्रालिका सञ्चालक डाक्टर दिलिपकुमार यादवले पीडित परिवारलाई दवाव दिइएको पाइएको छ ।
जवरजस्ती करणीपछि पीडित २७ वर्षीया युवतीले शुक्रबार प्रहरीकहाँ किटानी जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा पक्राउ गरेका डाक्टर यादव हाल इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।
डाक्टर यादवकी श्रीमतिको पहलमा युवतिलाई प्रलोभनमा पारी बयान फेर्न दवाव दिएको श्रोतले बताएको छ । डाक्टर यादवकी श्रीमति सरकारी अस्पतालकाे डाक्टर हुन् । उनले आफू रहेको राजनीति दलको आडमा वयान फेर्न दवाद दिएको पाइएको छ । करणी अभियोगलाई कमजोर बनाउन चारआलीका स्थानीय केहि राजनीति दलका कार्यकर्ताको पहलमा ठुलै टिम लागेको र पीडितलाई बयान फेर्न प्रेरित गरेको श्रोतको दाबी छ ।
आर्थिक अवस्था कमजोर भएकी पीडित युवतीको स्वास्थ्य परीक्षण गर्न भन्दै प्रहरीसहितको टिमले अस्पताल लगेको थियो । अस्पतालमा स्वास्थ्य परीक्षणपछि प्रहरीले पीडितको घरमा छोड्नुपथ्यो । तर, प्रहरीले नै पिडकको परिवारकहाँ पुर्याएर सम्झाउन बुझाई गर्न भन्दै धक्याउने, डर देखाउने, बयान फेरेर केश मिलाए मोटो रकम दिने प्रलोभन देखाएर बयान फेर्न लगाएको श्रोतको पुष्ट्याई छ ।




















































