झापा । भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको आइतबार विहान अवलोकन गरेका छन्।
शनिबार निर्माणाधीन अवस्थामा रहेको एसियन हाइवेको अवलोकन तथा प्रगति बुझेका मन्त्री घिसिङले आइतबार कनकाई नदी र विरिङ नदीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल र वस्तीको अवलोकन गरेका हुन् ।
बाढी र पहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा उहाँले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीदेखि सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मंगलमडी मार्गको स्थलगत अवलोकन गरेको छ । अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललगायतको सहभागी रहेको थियो ।
मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडक खण्ड अन्तरगतको कनकाई माई खोलामा बन्दै गरेको पुल र बर्षाको कारण दविएको सानो माईको पुलको समेत अवलोकन गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिए । सोही क्रममा झापा गाउँपालिका–२ का बाढीपीडितसँग अन्तरक्रिया समेत गरिएको थियो।




















































