झापा । झापा भद्रपुर नगरपालिका–३ भैसाबारीस्थित मेचीखोला पारी मेची खोलाको किनारमा एक जना मानिस मृत फेला परेका छन् । आज आइतबार बजेको समयमा मेची खोलाको किनारमा नेपालतर्फ, हेर्दा पहाडे मुलको जस्तो देखिने पुरुष मानिस सडिगलेको अवस्थामा मृत फेला परेका हुन् । 

घट्नास्थल सुरक्षित राखेर  थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको प्रहरी टोली गएको थियो ।  

प्रहरीको आवश्यक कार्यपछि आज दिउँसो २ः२० बजे शव पोष्टमार्टमको  लागि  प्रादेशिक मेची  अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।