बिर्तामोड । झापाको बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले झापाका बाढीपीडितहरूका लागि राहत सामाग्री उपलब्ध गरेको छ । 
संस्थाले झापा गाउँपालिकाका बाढीबाट विस्थापित बनेका नागरिकहरूका लागि राहत सामाग्री उपलब्ध गराएको हो। 
संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेतसहितको टिमले शुक्रबार झापा गाउँपालिकास्थित कुमारखोद ईप्रकामा जिल्ला प्रशासन कार्यालय झापाको सहायक सिडियो डोरेन्द्र निरौलामार्फत राहत सामग्री उपलब्ध गराएको हो । जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकाको समन्वयमा अहिले विस्थापितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको छ ।संस्थाले प्रतिपरिवार २५ केजी चामल खाने तेल, नुन, मेट्रेस,आलु लगायतका सामग्री उपलब्ध गराएको हो । त्यस्तै कार्यकारी प्रमुख बस्नेतले संस्थामा आबद्ध तीन सय  शेयर सदस्यलाई राहत वितरण गर्ने जानकारी दिए । 
बाढीपीडितको तथ्याङ्क संकलनको भइराखेकाले दुई दिनभित्र करिब ३०० भन्दा बढी सेयर सदस्यहरुलाई राहत वितरण गर्ने प्रमुख बस्नेतले बताए । 
त्यस्तै संस्थाका अध्यक्ष सुवास भट्टराईले जिल्ला प्रशासन कार्यालय झापामार्फत् सिम्रिक साकोसले राहत सामाग्री उपलब्ध गराएर सहयोग पुर्याएको बताए ।
झापाका संघ-संस्थाले बाढीपीडितलाई राहत उपलब्ध गर्दै आएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।