मेचीनगर । झापा मेचीनगरका युवाहरुको समूह `यूथ फर सोसाइटी´ ले आयोजना गरेको “५ के रोड रन” ‐म्याराथन दौड´ प्रतियोगितामा शिहं र शेर्मा लिम्बू प्रथम भएका छन् । “शहिदहरुप्रति समर्पित´मेचीनगर-१५ को बिचार्नीबाट धुलाबारी मोडसम्म ५ किलोमिटर म्याराथन प्रतियोगितामा १८ मिनेट ३२ सेकेण्डमा पार गदैं पुरुषतर्फ झापा दमकका शरद सिहं प्रथम भएका छन् । भने महिलातर्फ झापा दमकका पुष्पा शेर्मा लिम्बु प्रथम भएकी थिइन् ।
पहिलो बिजेताद्वयले नगद पाँच/पाँच हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरे ।

यसैगरी, १८ मिनेटमा ४२ सेकेण्डमा दुरी पार गर्दै पुरुषतर्फ विर्तामोडका शिव कार्की र महिलातर्फ दमकका मन्दिरा महतरा दोस्रो बन्न सफल भएका छन् । कार्की र महतराले नगद तीन/तीन हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाण पत्र हात पारे । पुरुषतर्फ झापा दमकका मिङ्सेन लिम्बु र महिलातर्फ दमककी रुबिना महतरा तेस्रो घोषित भएका थिए । उनिहरुलाई परिवारका सदस्यले नगद दुई/दुई हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाण पत्र वितरण गरेका थिए ।
।
उनीहरुले क्रमस नगद पाँच हजार, तीन हजार र दुई हजारसहित ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरेको संयोजक सागर राजवंशीले जानकारी दिए । बिजेतालाई शहिद दिनेश राजबंशीका परिवारले पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगितामा एकसय ४६ पुरुष तथा १८ महिलागरी कुल एकसय ६४ जना धावक सहभागी थिए । सो अवसरमा सोसाइटीले सहिद परिवारलाई नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थियो ।
उनीहरुले क्रमस नगद पाँच हजार, तीन हजार र दुई हजारसहित ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरेको संयोजक सागर राजवंशीले जानकारी दिए । बिजेतालाई शहिद दिनेश राजबंशीका परिवारले पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगितामा एकसय ४६ पुरुष तथा १८ महिलागरी कुल एकसय ६४ जना धावक सहभागी थिए । सो अवसरमा सोसाइटीले सहिद परिवारलाई नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थियो ।अर्का शहिद झापा अर्जुनधारा-११ लक्ष्मी धापका ३९ वर्षीय छोरा ज्ञानेन्द्र सेढाई (गोपाल) को परिवारमा शोक परेकाले परिवारका सदस्यको सहभागी हुन नसकेको जानकारी दिइएको थियो ।




















































