धुलाबारी । झापाको मेचीनगर-१० धुलाबारीको इस्ट होराइजन माबिले जेनजी शहिद परिवारका दुई जना नानीलाई नि:शुल्क पढाउने घोषणा गरेको छ । शनिबार धुलाबारीमा सम्पन्न “५ के रोड रन” म्याराथन दौड´ प्रतियोगितापछि आयोजित सहिद परिवारलाई रकम हस्तान्तरण र पुरस्कार वितरण समारोहमा इस्ट होराइजन माबीका प्रिन्सिपल सन्जिब राईले दुई जना नानीलाई १२ कक्षासम्म कुनैपनी शुल्क नलाग्ने गरी पढाउने घोषणा गरेका हुन् ।Screenshot_2025-10-11-11-43-53-265_com.gallery.player-edit जेनजी आन्दोलनका क्रममा झापा अर्जुनधारा-८ का सहिद दिनेश राजबंशीका पाँच वर्षिय छोरा रिदम राजबंशी र ११ महिनाकी छोरी दिपिका राजबंशीलाई नि:शुल्क पढाइदिने  भएको हो ।

शहिद परिवार गम्भीर आर्थिक संकटमा परेको पाएपछि मेचीनगरका युवाहरुको समूह यूथ फर सोसाइटी मेचीनगरले नगरमा “५ के रोड रन”‐म्याराथन दौडको आयोजना गरेको हो ।
उक्त आयोजनाबाट संकलित रकम सोसाइटीले सहिद परिवारलाई नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । सोसाईटिका अध्यक्ष सागर राजवंशीले सहिद दिनेश राजवंशीका परिवारका सदस्यहरु आमा सपना, धर्मपत्नी जान्ती, दाजुभाउजु गोपाल-मुकु राजबंशीलाई रकम हस्तान्तरण गरेका थिए ।