बिर्तामोड । जुवा खेल्दै गरेको अवस्थाबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । गएराति १० बजे बिर्तामोड ८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवाजन्य तास खेलिरहेको अबस्थामा उनीहरु पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घरधनी उप्रेतीसहितलाई जुवाजन्य तास खेलिरहेको अवस्थामा एक बुङतास, नगद २ लाख १५ हजार ५५० रुपैयाँ र ९ थान मोबाइलसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले उनीहरुको नाम खुलाएको छैन ।





















































