झापा । डिभिजन वन कार्यालय झापाले बाहुनडाँगी क्षेत्रमा हात्तीको जोखिम नियन्त्रण गर्न गस्ती परिचालन गरेको छ ।
बर्सेनि धान पाक्ने समयमा भारतबाट आउने जङ्गली हात्ती नेपाल प्रवेश गरेर धानबालीमा क्षति गर्दै आएको छ । धानको क्षति नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए ।
अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा ६ जनाको टोली असोज ८ गतेदेखि नेपाल भारत सीमा क्षेत्र अन्तरगत बाहुँनडागी क्षेत्रमा परिचालन भएको गरिएको छ । किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने छ । विगतका वर्षमा हात्तीको हुलले बाहुनडाँगी क्षेत्रको अन्न बालीमा क्षति पुर्याउदै आएको छ ।





















































