झापा । सरकारको मन्त्रिपरिषद् इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
बाढीपहिरबाट पुर्णरुपमा क्षति पुगेकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।




















































