भद्रपुर । १५ वर्षदेखि निर्माणाधीन अवस्थामा अलपत्र भएको गौरीगन्ज र झापा गाउँपालिका जोड्ने कनकाई पुललाई तत्काल बनाउनुपर्ने माग राख्दै स्थानीयले धर्ना दिएका छन् ।
समयमा पुल बन्न नसक्दा अत्यावश्यक काम वा दैनिकीमा समस्या आएसँगै प्लेकार्डसहित स्थानीयले एक घण्टा धर्ना दिएका हुन् । गौरीगंज गाउँपालिका-१ स्थित कनकाई माईपुलमा करिब १७/१८ जना स्थानीयवासी स्थानीय मुकेश राजवंशीको नेतृत्वमा गौरीगंज र झापा गाउँपालिका जोड्ने पुल विगत १५ वर्षदेखि हुँदा स्थानीयवासीले वर्षायाममा धेरै सास्ती पाएको र बर्सेनि माई खोलाको पानी बस्तीमा पसेर अन्नबाली र धनजनको क्षति गरेकाले तत्काल बनाउन सुरु गर्नुपर्ने माग राखेका हुन् ।
यो कार्यक्रमबाट स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारलाई विरोध स्वरूप ध्यानाकर्षण गराइएको र तत्काल पुल बनाउन सुरु नगरे फेरि विरोध कार्यक्रम गर्ने उनीहरूले बताएका छन् ।





















































