झापा । नेपाली सेनाले झापामा ९१ जना बाढी पीडितको उद्धार गरेको जनाएको छ ।
सोमबार बिहानसम्म मिलनबस्ती इलाकाबाट नेपाली सेनाले ९१ जनाको उद्धार गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा मोटरबोटबाट ४८ जना, नाउबाट ३१ जना र पैदलबाट १२ जना गरी कुल ९१ जनाको उद्धार गरेको छ।
हालसम्म हेलीकोप्टर तथा स्थलमार्गबाट कुल १०७ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ।




















































