झापा । मोरङ केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी सहायक हवल्दार सुरेन्द्र लिम्बूको मृत्यु भएको छ । उनले चलाएको प्रदेश १–०२– ०४७ प ६९२२ न. को मोटरसाइकललाई हिजो साँझ बेलबारी–११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा मे १ च १९७८ न. को एम्बुलेन्सले ठक्कर दिएको थियो ।

घाइते लिम्बूलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।  ठक्कर दिने एम्बुलेन्स चालक दमक ९ बस्ने बर्ष ४१ का बिष्णु प्रसाई, एम्बुलेन्स र मोटरसाइकल प्रहरी चौकी डाँगीहाटको नियन्त्रणमा रहेको छ ।