झापा । पहिरोका कारण इलाममा मृत्यु भएकाहरूको संख्या २१ पुगेको छ । गएराति झरेको पहिरोका कारण इलामका बिभिन्न स्थानमा गरेर २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अझै केही हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
इलाममा पहिरोका कारण फसेकाहरुका लागि उद्धारका लागि हेलिकप्टरले उद्दार गरेको छ । माङ्सेबुङ्गमा पहिरोका कारण फसेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । पहिरोका कारण मेची राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध भएका कारण घाइतेको उपचारमा समस्या भएको छ ।
उपचारमा समस्या भएपछि नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि तैनाथ गरिएको हो। इलामको सूर्यदय नगरपालिका, माइ जोगमाई नगरपालिका, माङ्सेबुंग लगायतका पालिकाहरुमा पहिरो खसेको छ । पहिरोका कारण दर्जानौ घर पुरेको प्रहरीले जनाएको छ ।





















































