झापा । भारी वर्षाका कारण पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ । निर्माणाधीन एसियन हाइवेको डाइभर्सन ठाउँ ठाउँमा बगाएकाले सवारी आवागमन अवरुद्ध भएको जनाएको छ ।

काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभरफ्लो भएर माथिबाट पानी बगेर यातायात अवरुद्ध भएको छ भने काँकरभिट्टाकाे काली खोलामा बनाएको ड्राइभसन बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले बताए । 

त्यस्तै माइधार र दुधेबिचको डाइभर्सन पनि बगाउँदा यात्रुहरु अलपत्र परेको जनाइएको छ ।