झापा । सम्भावित वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने विपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई आग्रह गरेको छ ।
सतर्कता अपनाउनेसम्बन्धी जरुरी सूचना जारी गर्दै प्रशासनले असोज १७ (आज) देखि २० गतेसम्म अत्यन्त जरुरी नभई सकेसम्म लामो दुरीको यात्रा नगर्न, काठमाडौंबाहिर जाने र प्रवेश गर्नेहरुले रातको समयमा यात्रा नगर्न भनेको हो ।

'जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचनाबमोजिम २० गतेसम्म भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भूक्षयजस्ता विपद्जन्य घटना हुने सम्भावना भएकाले आफ्नो स्थानमा रही सतर्कता र सावधानी अपनाउन' जारी विज्ञप्तिमा भनिएको छ ।
विपद्को समयमा तत्काल उद्धार, सहयोग र राहतका लागि सम्पर्क नम्बर पनि प्रशासनले उपलब्ध गराएको छ ।




















































