झापा । झापाको बिर्तामोड-६ बुट्टाबारीमा  बिहीबार यात्रु बहाक बस पल्टिँदा ३ जनाको मृत्यु भएको छ । बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल्तिर पल्टिँएको थियोे । दुर्घटनामा बसका कन्डक्टर मोरङ रंगेली–२ बस्ने वर्ष ४२ का राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको छ । सुनसरी इटहरी–११ बस्ने बर्ष ४६ का यात्रु दिनेशकुमार भट्टराईको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा १३ जना घाइते भएको प्रहरी जनाएको छ । घाइते हुनेहरुको नामावली यसप्रकार छ ।

सुनसरी इटहरी न.पा–११ बस्ने बर्ष– ३८ का गुलसनराज शर्मा, ऐऐ बस्ने उनकी श्रीमती बर्ष–३६ की अंकिता शर्मा, ऐऐ बस्ने उनकी छोरी बर्ष–६ की मनसुई शर्मा, ऐऐ बस्ने बर्ष–३७ की बिनु शर्मा, मोरङ बिराटनगर महानगरपालिका वडा नं–२ बस्ने बर्ष–४२ का सोमकुमार भुजेल, पाँचथर कुम्मायक गा.पा–६ बस्ने बर्ष–२८ की गंगा लिम्बू, झापा कमल गा.पा–७ बस्ने सुवास लावतीका छोरा बर्ष–८ का लाजिहाङ लावती,  ऐऐ बस्ने बर्ष–२३ की सुहाना लिम्बू घाइते भएका छन् ।

त्यस्तै ऐऐ बस्ने निजकै भतिजो बर्ष–५ का मेङ्सो लिम्बु, मोरङ बिराटनगर मनपा-१ बस्ने बर्ष १७ की अनुषा भट्टराई, ऐ.ऐ. बस्ने बर्ष –३६ की मन्जु खतिवडा, झापा दमक नपा –१ बस्ने बर्ष –६० की राधिका खतिवडा, जिल्ला ताप्लेजुङ फक्तालुङ गापा–१ बस्ने राकेश लिम्बू घाइते भएका छन् । उनीहरुको बिएण्सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको  छ  ।