भद्रपुर । राँगाको खुट्टा ग्रेडर मेसिनले काट्ने क्रममा आफ्नै बायाँ खुट्टा काटिएपछि झापा भद्रपुरका रमेश परियारको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका-१ का रमेश परियारले पर्व मनाउन राँगा काटेका थिए । राँगाको खुट्टा काट्न अन्य औजार भन्दा ग्रेडर मेसिनले छिटो हुने भएपछि मेसिन प्रयोग गरेका थिए । राँगाको खुट्टा काट्ने क्रममा परियारको बायाँ खुट्टा मेसिन परेपछि उच्च रक्तस्राव भएको थियो । लगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा उच्च रक्तचाप भएका कारण ३५ वर्षीय परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । परियारको बिएण्डसी अस्पतालमा उपचारका क्रममा सोमबारराति मृत्यु भएको हो ।
उपचारका क्रममा उच्च रक्तचाप भएका कारण परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।




















































