मेचीनगर । नेपाली कांग्रेसकाे क्षेत्रीय कार्यक्रममा कार्यकर्ताहरूले पार्टी दाेस्राे पुस्तामा हस्तान्तरण हुनुपर्ने आवाज उठाएका छन् ।
मंगलबार धुलाबारीस्थित टाउन हलमा कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेकाे ´अवकाे राजनीति र अवकाे नेपाल` विषयमा गरिएको अन्तरक्रियामा कार्यकर्ताले उक्त आवाज उठाएका हुन् ।
उनिहरुले पार्टीमा अग्रज र उमेर पुगेकाहरूकाे पालाे सकिएको अब पार्टीको नेतृत्व युवा पुस्ता हस्तान्तरण गर्न माग गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नम्बर-१ अन्तरगतका बुद्वशान्ति, भद्रपुर र मेचीनगरका कार्यकर्ताहरू पार्टी सभापति शेरबहादुर देउवालाई अब पनि सभापति र प्रधानमन्त्री नै बनाइरहने हाे भने पार्टी सकिने दावी गरे । उनीहरूले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र जेनजी युवाहरूले पार्टी र देश हाक्नुपर्ने आवाज चर्काे रूपमा उठेकाे थियाे ।
आयोजकले नै कार्यकर्ताहरूलाई आधा घण्टामा दुई/दुई मिनेटकाे समय दिएर आ-आफ्नो धारणा राख्न दिइएकाे थियाे ।
बाेल्ने कार्यकर्ताहरूमा मनाेज घिमिरे, नारायण वस्नेत, देवेन्द्र गाैतम, विशाल तामाङ, भूमि पाैडेल, जगतबहादुर तामाङ लगायत दर्जन बढले धारणा राखेका थिए ।
कार्यकर्ताहरूकाे प्रश्न तथा धारणाहरूलाई सुझावका रूपमा लिदै महामन्त्री शर्माले जेनजी युवाहरूकाे माग सम्बाेधन हुने बताएका थिए ।
गत भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनपछि संसद विघटन भएपछि पूर्वसांसद समेत भइसकेका उनले आन्दोलनमा सरकारले जेनजी युवाहरूकाे गाेली हानेर हत्या गर्नु गलत भएको बताए ।
सिंगदरवार, संसद भवन, सर्वाेच्च अदालत, हाम्राे घरहरू, पार्टी कार्यालय जल्नु भन्दा पनि युवाहरूकाे हत्या हुनु दु:खद भएको उनकाे दावी छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले संसदमा फायल खाेल्नु मात्र हाेइन फायर गर्नुपर्छ भनेर कुरा उठाएकाले छानबिन गरिनुपर्ने मागसमेत गरे ।
कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव एवम् मेचीनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन) ले गरेका थिए ।




















































