काठमाडौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थामा राष्ट्रिय एकता नै स्थायित्वको आधार रहेको बताएका छन् ।

बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा संविधान दिवसका अवसरमा शनिबार आयोजित ‘मौजुदा संविधान र यसका चुनौतीहरू’ विषयक अन्तरसंवादमा उनले तउक्त कुरा बताएका हुन् । उनले संविधानबिपरित हुने कार्य अस्वीकार्य हुने स्पष्ट पारे। नेता सुटौलाले भने, “भावनात्मक रूपले एक हुनुपर्छ । जनताको सर्वोच्चतालाई बचाउन सकारात्मक माहोल निर्माण गरौँ । जनताको भावनात्मक एकता नै राष्ट्रको सुरक्षा कवच हो । राष्ट्रिय एकता नै स्थायित्वको आधार हो ।”