मेचीनगर । झापाको मेचीनगर–१ स्थित  भारतीय सीमा नजिक देवीगञ्जमा एउटा हात्ती शनिबार विहान मृत फेला परेको छ । 

बन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार स्थानीयको धानबारीमा मरेको अवस्थामा हात्ती भेटिएको थियो ।

उनले मरेको हात्ती २२ वर्ष जतिको पोथी भएको बताए  । प्रसाद गौंडाबाट शुक्रवार राति १२ वटा जंगली हात्ती नेपाल पसेका थिए । तीमध्ये एउटा मरेको हो । हात्ती मर्नुको कारण खुलेको छैन ।