बिर्तामोड । ११ औं संविधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले आज बिर्तामोडमा प्रभातफेरी निकालेको छ ।
बिर्तामोडको हनुमान कम्प्लेक्सबाट निकालिएको  प्रभातफेरी र्याली मुक्ति चोक, अधुवा खोलाको पुल, इलाका प्रहरी कार्यालय बिर्तामोड हुँदै पुनः मुक्ति चोकमा कोणसभामा परिणत भएको थियो । FB_IMG_1758260732824 नेपाल पत्रकार महासंघ कोसी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारीले संविधानको जगेर्ना गर्दै कतिपय बुदामा चित्त नबुझे संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जननिर्वाचित सांसदले निर्माण गरेको  लोकतान्त्रिक संविधानको रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।FB_IMG_1758260730716
उनले प्रेस स्वतन्त्रता रक्षा गर, संविधान दिवस जिन्दावाद, संविधानको रक्षा गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, भ्रष्टाचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना हो जस्ता नारा बुलन्द गरेका थिए ।FB_IMG_1758260735539
मानव अधिकारकर्मी रुपक खनाललगायतले सम्बोधन गरेका थिए । विभिन्न ७ वटा संघ-संस्था सहभागी रहेको प्रभातफेरीमा संस्थाका प्रतिनिधि, संचार सम्बन्ध संगठनका प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरी सम्पन्न गरेको हो ।FB_IMG_1758260727528 सहभागीहरुले “प्रेस स्वतन्त्रता जिन्दावाद, संविधान दिवस जिन्दावाद, संविधानको रक्षा गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, भ्रष्टाचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना” जस्ता नारा लगाएका छन् ।
पत्रकार महासंघ झापाका सचिव राजु पाठकले सञ्चालन गरेको कोणसभाको समापन उपाध्यक्ष सुब्रत न्यौपाने गरेका थिए ।