झापा । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । 

जसको प्रभावले कोशी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल तथा तराई भूभागमा आंशिक देखि साधरणतया बादल लागेको छ । कोशी बागमती र लुम्बिनी प्रदेशको थोरै तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।