झापा । अप्टिकल फाईभर टेलिफोनको तार चोरी गरी भारततर्फ लाँदै गर्दा पाँचजना पक्राउ परेका छन् ।
नेपालबाट भारततर्फ ५ वटा बोरामा प्याक गरी अप्टिकल फाईभर टेलिफोनको तार चोरी गरी लाँदै गरेको अबस्थामा पक्राउ गरेको हो । हिजो बिहान ११ बजे मेचीनगरको इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत दार्जिलिङ जिल्ला पानीट्याङकी बस्ने बर्ष २४ का कातिक अधिकारी, भारत दार्जिलिङ जिल्ला पानीट्याङकी बस्ने बर्ष ३४ का राहुल अधिकारी, झापा बुद्धशान्ति गाउँपालिका शितल वस्ती बस्ने बर्ष २५ का बिजय राजवंशी, इलाम माई नगरपालिका ३ जौबारी वस्ने बर्ष २७ का दिनेश परियार र कचनकबल गाउँपालिका-३ डाँगीबारी बस्ने बर्ष ४२ का संजय माझी रहेका छन् ।
पक्राउ परेका ती नेपाली तथा भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।





















































